जोडिनुहोस
  • होमपेज
  • सेयर बजारमा सामान्य वृद्धि, १३६ कम्पनीको सेयर मूल्य बढ्यो

सेयर बजारमा सामान्य वृद्धि, १३६ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि आएको छ । आज मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको सेयर बजार अन्तिम समयमा भने सामान्य अंकको वृद्धिसँगै बन्द भएको हो ।

३.३१ अंकको वृद्धिसँगै आज परिसूचक १८ सय २१ अंकमा पुगेर बन्द भएको छ । यो ०.१८ प्रतिशत वृद्धि हो । यसक्रममा आज १३६वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

आज नेप्सेमा ६४ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, मायाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले बढेको छ । यस्तै, आज माई खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसक्रममा आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका