जोडिनुहोस
  • होमपेज
  • महिला क्रिकेट टोलीले मलेसियामै विश्वकप छनोट खेल्ने

महिला क्रिकेट टोलीले मलेसियामै विश्वकप छनोट खेल्ने

काठमाडौं । अर्को वर्ष बंगलादेशमा आयोजना हुने आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सहभागीता जनाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले मंगलबार जारी गरेको २०२४ को विश्वकप छनोट बारे जानकारी गराएको तालिका अनुसार एसिया छनोट अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ ।

आइसीसीका अनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । यस प्रतियोगितामा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।

एसियासहित अफ्रिका र युरोपबाट २/२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १/१ टिम ग्लोबल क्वालिफायरमा छानिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका