जोडिनुहोस
  • होमपेज
  • झलनाथको दाबी-माओवादीले हाम्रा झण्डै तीन सय होनहार क्रान्तिकारीको हत्या गरे

झलनाथको दाबी-माओवादीले हाम्रा झण्डै तीन सय होनहार क्रान्तिकारीको हत्या गरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीले तीन सय होनहार क्रान्तिकारीको हत्या गरेको दाबी गरेका छन् ।

उनले मदन आश्रित मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्दै खनालले यस्तो दाबी गरेका हुन् ।

उनले मदन आश्रितको योगदानको रक्षा गर्दै उनीहरुले अगाडि बढाउनुभएको कामहरुलाई अरु नयाँ उचाइमा पुयाउँदै नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाएको बताए ।

उनले भने,‘हामीले ५० को दशकमा उग्र वामपन्थको विरुद्धमा कठोर संर्घष गर्नुपरेको थियो । झण्डै हाम्रा ३ सय होनहार क्रान्तिकारीहरुलाई घाँटी रेटेर मार्ने कामहरु समेत भयो । तर ती सम्पूर्ण क्षतिहरुका बाबजुत उग्रवामपन्थी अवसरबादका भड्काउका विरुद्ध पनि संर्घष गर्दै हामीले हाम्रो पार्टीलाई रक्षा गर्यौ । ’

उनले मदन भण्डारी र जीवनराम आश्रितको हत्याकाण्डको प्रत्यक्ष प्रमाण हुँदा हुँदै पनि हत्याकाण्डको बारेमा त्यतिवेलाको नेतृत्वले अनुसन्धान गर्न नसक्दा रहस्यमयी भएको बताए ।

उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा ठूला ठूलामाछाहरु बल्छीमा पर्न थालेको तर ती माछाहरुलाई जोगाउने प्रयन्त चलिरहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका