जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले आज सांसदमा प्रश्नको जवाफ दिने

प्रधानमन्त्रीले आज सांसदमा प्रश्नको जवाफ दिने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

संसद् सचिवालयले सार्वजनिक गरेको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको हो ।

सो बैठकमा प्रधानमन्त्री दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका