जोडिनुहोस
  • होमपेज
  • तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडाैँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

एक हप्ताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको वैशाख २७ गते सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो । परिपत्रको कार्यान्वयनका लागि हिजो तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालय र पालिकामा सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएको सङ्घीय निजामती कर्मचारीको रमाना दिए/लिएको विवरण यही ७ गतेभित्र उपलब्ध गराइदिनु अनुरोध छ।’

यसअघिको परिपत्रमा रमाना भइ नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गर्ने उल्लेख थियो ।

मन्त्रालयको निर्देशन अनुसार रमाना नलिइ बसेका केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सङ्घीय कार्यालय मातहतका कर्मचारीले रमाना बुझेका छन् । रमाना लिए/दिएको पूर्ण विवरण प्राप्त भएपछि अटेरी गर्नेमाथि अन्य विभागीय कारबाहीको प्रक्रिया अगाडि बढ्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका