जोडिनुहोस
  • होमपेज
  • विदेश अध्ययन गर्न जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

विदेश अध्ययन गर्न जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा ६७ अर्ब १९ करोड बाहिरिएको बताए ।

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्न जाने नाममा ठुलो रकम बाहिरिएको बताए । देशमै गुणस्तरीय शिक्षा दिन लागि परेको समेत प्रचण्डले बताए । ‘सरकारी र सार्वजनिक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी शिक्षालाई गुणस्तरीय बनाउन प्रतिबद्ध भई काम भइरहेका छन्’ प्रचण्डले भने, ‘सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका