जोडिनुहोस
  • होमपेज
  • दरबार हत्याकाण्ड र दासढुंगा घटनाको विषयमा नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

दरबार हत्याकाण्ड र दासढुंगा घटनाको विषयमा नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र दासढुंगा घटनाबारे नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् ।

आज संसदमा सांसदहरुले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीलाई एक सांसदले गौर हत्याकाण्डका विषयमा प्रश्न सोधेका थिए । गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमले माओवादी कार्यकर्ताहरुको विभत्स हत्या गरेको घटनाको कहिले छानबिन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले दरबार हत्याकाण्ड र दासढुंगा दुर्घटनाको विषय कोट्याएका हुन् ।

प्रचण्डले भने, ‘गौर हत्याकाण्डलगायतका विभत्स र भयानक हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने पक्षमा छु । दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ । अहिले ती कुरालाई बिर्साउने कोसिसलाई गम्भीर रूपमा लिनुपर्छ । मदन आश्रितको दुर्घटनाबारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका