जोडिनुहोस
  • होमपेज
  • जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

जीडीपीमा ८१ र रोजगारीमा ८५ प्रतिशत निजी क्षेत्रको योगदान

काठमाडौं । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु-याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ ।

‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११/१२ देखि २०२०/२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ ।

प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास गरेको जनाइएको छ। प्रतिवेदनले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको स्न्यापसट प्रदान गर्न प्रकाशित र अप्रकाशित दुवै माध्यमिक डेटाको विश्लेषणलाई संयोजन गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका