जोडिनुहोस
  • होमपेज
  • कोहलीको शतकमा बेंगलोरको सानदार जित

कोहलीको शतकमा बेंगलोरको सानदार जित

काठमाडौं । ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई हराएको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा ८ विकेटको जितसँगै बेंगलोरले प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ ।

हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

बेंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपीएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डु प्लेसिसले १ सय ७ बलमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको अर्धशतकीय ईनिङ खेले । । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे ।

हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

आइपिएल करिअरको पहिलो शतक क्लासेनले ४९ बलमा पूरा गरेका थिए ।

कप्तान एडेन माक्ररम र क्लासेनले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेका थिए । माक्ररम २० बलमा १८ रनमा आउट भए ।

चौथो विकेटका लागि ह्यारी ब्रुक र क्लासेनले ३६ बलमा ७४ रनको साझेदारी गरेका थिए । ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहेका थिए ।

ओपनरद्वय अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भएका थिए । दुबै ओपनर स्पिनर माइकल ब्रेसवेलले एकै ओभरमा आउट गराएका थिए ।

बेंगलोरका माइकल ब्रेसवेल २ तथा मोहम्मद शिराज,हर्षल पटेल र शहबाज अहमदले समान १/१ विकेट लिए ।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंगलोर विजयी हुँदा १६ अंकमा पुग्नेछ ।

हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका