जोडिनुहोस
  • होमपेज
  • कीर्तिमानी १४ पटकको च्याम्पियन नाडलले फ्रेन्च ओपन गुमाउने

कीर्तिमानी १४ पटकको च्याम्पियन नाडलले फ्रेन्च ओपन गुमाउने

काठमाडौं । कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् ।

हिप इन्जुरीका कारण स्पेनी टेनिस स्टार नाडलले फ्रान्समा हुने वर्षको दोस्रो ग्राण्ड्सलाम फ्रेन्च ओपन गुमाउने निश्चित भएको हो ।

३६ वर्षीय नाडलले बिहीबार मालोर्कामा पत्रकार सम्मेलन गर्दै आफूले यस पटक रोला ग्यारोमा खेल्न नसक्ने जानकारी गराएका हुन् ।

जनवरीमा अष्ट्रेलियन ओपनबाट बाहिरिएपछि नाडल टेनिस कोर्टमा देखिएका छैनन् । फ्रेन्च ओपनमार्फत पुनरागमन गर्ने लक्ष्य राखे पनि नाडलले खेल्ने नसक्ने बताएका हुन् ।

नाडलले यसअघि मोन्टे कार्लोस मास्टर्सदेखि मड्रिड र रोममा भएको क्ले कोर्ट इभेन्ट पनि गुमाएका थिए ।

नाडलले सोचेअनुसार चोट निको नभएको र कोर्टमा फर्कनको लागि धेरै प्रयास गरे पनि फ्रेन्च ओपन खेल्न असम्भव रहेको बताएका छन् । ‘यो कठिन छ । तर मेरो शरीरले मेरो लागि निर्णय गरिसकेको छ ।

मैले अझै केही महिना खेल्ने छैन,’ नोभाक जोकोभिचसँगै सर्वाधिक २२ पटक ग्राण्डस्लाम जितेका नाडलले भने ।

पेरिसमा २००५ मा पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका नाडल पहिलो पटक फ्रेन्च ओपनमा देखिने छैनन् ।

फ्रेन्च ओपन टेनिस यही मे २८ देखि जुन ११ सम्म हुँदैछ ।

यस्तै चोटसँग लगातार संघर्ष गरिरहेका नाडलले २०२४ आफ्नो प्रो फेसनल करियरको अन्तिम वर्ष हुन सक्ने संकेत समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका