जोडिनुहोस
  • होमपेज
  • न्युकासल च्याम्पियन्स लिग नजिक

न्युकासल च्याम्पियन्स लिग नजिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा न्युकासलले ब्राइटनलाई ४-१ गोल अन्तरले हराएको हो ।

न्युकासलको जितमा डान बर्न, कलुम विल्सन र ब्रुनो गुइमारेसले एक एक गोल गरे । यस्तै डेनिज उन्दाभले एक आत्मघाती गोल गरे ।

ब्राइटनका लागि आत्मघाती गोलकर्ता डेनिज उन्दाभले एक गोल फर्काए । यस जितसँगै न्युकासलले ३६ खेलमा ६९ अंक जोडेको छ ।

न्युकासल तेस्रो स्थानमा रहेको छ । जितपछि न्युकासल प्रिमियर लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको नजिक समेत पुगेको छ ।

ब्राइटन ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका