जोडिनुहोस
  • होमपेज
  • जी–७ बैठकमा भाग लिन सक्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की

जी–७ बैठकमा भाग लिन सक्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की जापानमा आयोजना हुने जी–७ देशको बैठकमा भाग लिने सम्भावना छ । रिपोर्टका अनुसार जेलेन्स्की आइतबार यो सम्मेलनमा भाग लिन सक्नेछन् ।

ब्लुमबर्गको फाइनेन्सियल टाइम्सले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । जेलेन्स्कीले आइतबारको जी–७ बैठकलाई सम्बोधन गर्ने सम्भावना रहेको खबरमा बताइएको छ ।

यद्यपि, यो बैठकलाई भिडियो लिङ्कमार्फत सम्बोधन गरिने अनुमान गरिएको छ । यस्तै, केहीले भने उनी हिरोसिमामा नै पुग्ने अड्कलबाजी गरिरहेका छन् ।

यस पटक जी–७ बाहिरका देश जस्तै अस्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक आइल्यान्ड, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेतालाई आमन्त्रित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका