जोडिनुहोस
  • होमपेज
  • आईपीएलः राजस्थानसँगको पराजयपछि प्रतियोगिताबाट बाहिरियो पञ्जाव

आईपीएलः राजस्थानसँगको पराजयपछि प्रतियोगिताबाट बाहिरियो पञ्जाव

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई चार विकेटले हराएको छ । यो जितपछि राजस्थानको प्ले–अफमा पुग्ने झिनो सम्भावना कायमै रहँदा पञ्जाव भने प्रतियोगिताबाट बाहिरिएको छ ।

हिमान्चल प्रदेश क्रिकेट संघको स्टेडियममा भएको खेलमा पाहुना टोली राजस्थानले टस जितेर घरेलु टोली पञ्जावलाई ब्याटिङको निम्तो दिएको थियो । पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८७ रन बनायो । सुरुवाती ब्याटर नचलेपनि मध्यक्रमका खेलाडीले पारी उकासेका थिए । साम करनले ४९ रन बनाए । जितेश शर्माले ४४ तथा साहरुख खानले ४१ रन थपे । नवदिप साइनीले तीन विकेट हात पारे ।

जवाफमा राजस्थानले दुई बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर यसस्भी जैसवाल र देव दत्त पाडिकलले अर्धशतकीय पारी खेले । जैसवालले ३६ बलमा ५० रन बनाए । पाडिकलले ३० बलमा ५० रन जोडे । सिम्रन हेटमायरले ४६ रन जोडे । अन्तिम ओभरमा राजेस्थानलाई ९ रन चाहिएको थियो । धु्रव जुरेलले चौथो बलमा छक्का हिर्काउँदै लक्ष्य पूरा गरेका हुन् ।

यससँगै पाचाँै स्थानमा रहेको राजस्थानको १४ अंक छ । यदि मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले पराजय बेहोरे राजस्थान प्ले–अफका लागि छनौट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका