जोडिनुहोस

खेलकुद

लाइपजिगसँग बायर्नको हार

लाइपजिगसँग बायर्नको हार

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले हार व्यहोरेको छ । शनिबार राति बायर्नलाई आरबी लाइपजिगले ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्नले हार व्यहोरेको हो ।

खेलको २५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६४ औं मिनेटमा कोनराड लिमेरले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा क्रिष्टोफर एनकुन्कुले पेनाल्टीमार्फत गोल गर्दा लाइपजिग २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा डोमिनिकले पेनाल्टीमार्फत नै गोल गर्दै लाइपजिगलाई ३-१ को जित दिलाए ।

यस जितसँगै लाइपजिगले ३३ खेलमा ६३ अंक जोडेको छ । लाइपजिग तेस्रो स्थानमा रहेको छ ।

बायर्नले ३३ खेलमा ६८ अंक जोडेको छ । यस हारले बायर्नको उपाधि होडमा धक्का लागेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका