जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्र डिलमा पुग्नुको एउटै कारण गठबन्धनको सरकार बन्नु हो : केपी ओली

अर्थतन्त्र डिलमा पुग्नुको एउटै कारण गठबन्धनको सरकार बन्नु हो : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डिलमा पुग्नुको कारण नै अहिलेको नेकपा माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धन सरकार रहेको आरोप लगाएका छन् ।

आइतबार संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘नेकपा एमाललेसहितको सरकार ढालेर नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन सरकार बन्नुनै अहिलेको अर्थतन्त्र डिलमा पुग्नु एउटै कारण हो’ अध्यक्ष ओलीले भने, ‘अर्थतन्त्रका सबैजसो सूचकहरु खराब देखिएको छ त हामी कसरी सरकारको समर्थन गर्न सकौं र राम्रो गरेको छ भनेर तारिफ गरौं ?’ सरकारलाई राम्रै गरिरहेका छौं भन्ने लागेपनि आफुहरुले त्यसलाई समर्थन गर्न नसक्ने अध्यक्ष ओलीले संसदमा बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका