जोडिनुहोस
  • होमपेज
  • नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरूलाई ओलीको अपिल

नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरूलाई ओलीको अपिल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् ।

कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन् ।

यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन, पुनर्लेखन गरेर ल्याउन उनले सरकारलाई आग्रह गरे । अन्यथा संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्ने उनले उद्घोष गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका