जोडिनुहोस
  • होमपेज
  • जुनसुकै पार्टीको होस्, भ्रष्टाचारीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

जुनसुकै पार्टीको होस्, भ्रष्टाचारीलाई कारबाही हुन्छ  : गृहमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले जुनसुकै पार्टीको भए पनि भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको जिकिर गरे । ‘अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता कार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि कारबाही हुन्छ,’ उनले भने ।

श्रेष्ठले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे । उनले सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न अपिल गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सम्पूर्ण नेता कार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै कोही कसैले गुटबन्दी गरे, त्यो अपराध हुने जिकिर गरे ।

उनले माओवादी केन्द्र बृहत् बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए । ‘एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ । छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौँ,’ मन्त्री श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका