जोडिनुहोस
  • होमपेज
  • सावित्रा भारतीय लिगकी सर्वाधिक गोलकर्ता

सावित्रा भारतीय लिगकी सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिगको सर्वाधिक गोलकर्ता बनेकी छन् ।

गोकुलम केरेलाबाट प्रतियोगिता खेलेकी सावित्राले सर्वाधिक गोलकर्ताको उपाधि जितेकी हुन् ।

सावित्राले एक लाख भारु प्राप्त गरिन् । सावित्राले प्रतियोगिता भर ३० गोल गरेकी थिइन् । सावित्राले फाइनलमा समेत एक गोल गरिन् ।

उनकै एक गोल र दुई असिस्टका आधारमा टिम च्याम्पियन बनेको हो ।

आइतबार भएको फाइनलमा किकस्टार्ट एफसीलाई ५-० गोल अन्तरले हराउँदै गोकुलम च्याम्पियन बनेको छ ।

गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो । किकस्टार्टमा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटी आबद्द थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका