जोडिनुहोस
  • होमपेज
  • देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरे : प्रभु साह

देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरे : प्रभु साह

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले अहिलेकै अवस्थामा देशको उन्नति नहुने बताए ।

‘यो संसद् बोल्ने र ताली पिट्ने मात्रै हो । कसैले २ घण्टा बोल्न पाएका छन् कसैले बोल्नै पाएका छैनन् । कतिपयको बोलेपनि सुनुवाइ छैन । अन्तिममा ताली पिटेर पारित गर्नुपर्ने हुन्छ’ साहले भने, ‘हामी जसरी देखावटी लोकतन्त्रको अभ्यास गर्दै छौं । देश जहाँ छ त्यहीँ छ ।’

देश जहाँको त्यहीँ हुँदा समेत किन देशमा लोकतन्त्र छैन भन्न नसकेको भन्दै साहले प्रश्न गरे । ‘लोकतन्त्र भनेको स्वतन्त्रता हुन्छ, अंकुश हुँदैन । अहिले मुठ्ठीभर नेताहरूको हालीमुहाली छ । जति गरेपनि सत्य यहीँ हो’ उनले भने, ‘यसरी देशको उन्नति र प्रगति गर्न सम्भव छैन । जनता निरीह र कमजोर छन् । भ्रष्टाचार र लुटतन्त्र बढेको छ । जनता लाचार छन् ।’

आफूलाई ठुलोबडा भन्नेहरू भ्रष्टाचार गरेर विदेश भागीको साहले बताए । देश र जनता उजाड भएपनि कसैलाई मतलब नभएको साहले बताए ।

देश र जनतालाई निरीह बनाउने प्रणालीको विकल्पको विषयमा छलफल किन नहुने भन्दै साहले प्रश्न गरे । ‘यो प्रणाली लोकतन्त्र हो ? बाहिर सकाहारी होटल लेखेको छ भित्र मासु पाकिरहेको छ । त्यसलाई साहाकारी भन्ने कि मांसाहारी होटल भन्ने हो । लोकतन्त्रमा अंकुश हुँदैन । तर, दलीय अकंशु लगाएको छ । यस्तो हुन्छ ?’ साहले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका