जोडिनुहोस
  • होमपेज
  • सत्तारुढ सांसदले भने–नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त छैनौँ

सत्तारुढ सांसदले भने–नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त छैनौँ

काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरू नै विश्वस्त छैनन् । सोमबारको राष्ट्रियसभाको बैठकमा बोल्ने क्रममा सत्तारुढ दलका सांसदहरूले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन् ।

बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नरबहादुर विष्टले नेपाली जनताको चाहना अनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको र सोही अनुसार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताए । उनले हरेक वर्ष नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यस वर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण रूपमा विश्वस्त हुन नसक्ने बताए ।

बैठकमा छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले संविधानले भनेको समावेशी र समन्यायिक विकासका आधारमा नीति तथा कार्यक्रम नआएको बताइन् । उनले सरकार स्थानीय तह र प्रदेश सरकारका समस्या समााधान गर्नेतर्फ संवेदनशील बन्न नसकेको आरोप लगाइन् । उनले कर्मचारी नहुँदा स्थानीय तहमा विकास निर्माण कामले गति लिन नसकेको पनि बताइन् ।

बैठकको कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरु सकारात्मक रहेपनि कार्यान्वयनको चरण चिन्ताको विषय भएको बताइन् । उनले कस्तो बजेट आउँछ भन्नेबाट पनि कार्यान्वयनको बारेमा पत्ता लाग्ने बताइन् । उनले भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध, हरित अर्थतन्त्र लगायतका प्रकृतिमैत्री अर्थतन्त्रका कार्यक्रमहरू स्वागतयोग्य रहेको बताइन् ।

यस्तै जयन्तीदेवी राईले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेर प्रस्तुत गरिएको बताइन् । उनले कार्यक्रमहरू राम्रो भएपनि कार्यान्वयनको समस्या भएको बताइन् । उनले संविधान, संघीयता प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, पुँजीगत खर्चको वृद्धि भ्रष्टाचार नियन्त्रण सार्वजनिक खर्चमा मितव्ययिता, गुणस्तरीय पूर्वाधार निर्माण र शासकीय सेवा प्रवाहमा सुधार र रोजगारी वृद्धि लगायतका पक्ष राम्रा रहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका