जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले २२ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीले मंगलबारबाट टिमको तयारी सुरु गर्नेछ ।

विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ । प्रतियोगिताको समूह विभाजन र खेल तालिका प्रकाशनमा आएको छैन ।

विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान, अष्ट्रेलिया , न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका