जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग :  दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल दशरथ रंगशालामा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो १९ खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

खुमलटार छैटौं जितको खोजीमा हुनेछ । खुमलटार १९ खेलमा १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार सातौं जितको योजनामा छ । थ्री स्टार १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पुलिस सातौं जितको योजनामा रहेको छ । पुलिस १९ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका