जोडिनुहोस
  • होमपेज
  • चट्याङ लागेर रौतहटमा महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा महिलाको मृत्यु

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो।

आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले जानकारी दिए ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी छ। रौतहटमा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका