जोडिनुहोस
  • होमपेज
  • यी ७ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स

यी ७ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स

काठमाडौं । सात कम्पनीले धितोपत्र दलाल व्यवसाय गर्न इजाजत पत्र पाएका छन् । सोमबार बोर्डको सञ्चालक समितिले आवेदन दिएका मध्ये ७ कम्पनीलाई इजाजत पत्र दिएको हो ।

इजाजत पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालय ब्रोकरेज लिमिटेड डिल्लीबजार र सन सेन्युरिटिज प्रालि नक्साल रहेका छन् ।

यस्तै, मियो सेक्युरिटिज प्रालि हात्तिसार, शेयरप्रो सेक्युरिटिज प्राली ढल्कु र प्रोपर्टी विजार्ड लिमिटेड नाग पोखरी रहेका छन् ।

अनुमति पाएका यी सात कम्पनीले केही दिनअघि आशयपत्र पाएका थिए। बोर्डले अन्य आशयपत्र पाएकाहरूको पनि अध्ययन भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका