जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका