जोडिनुहोस
  • होमपेज
  • सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो ।

जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् ।

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाई सकेको छ । तर सरकारलाई दिएको समर्थन कायमै राखेको छ । केन्द्रमा मन्त्रालय बाँडफाँड भइसकेका हुनाले अब सरकारमा जाने सम्भावना देखिएको छैन ।

उता, मधेस प्रदेश सरकारमा पनि त्यहाँका जसपाका मुख्यमन्त्री सरोज यादवले जनमतलाई दिएको कृषि मन्त्रालय खोसेर विना विभागीय बनाएका छन् । मधेस सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालय पाएको थियो । हिजो मात्रै जनमत पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।

यी सबै विषयवस्तुको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका