जोडिनुहोस

‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको आठौं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आर्मी आज आठौं जितको योजनामा हुनेछ । आर्मी २० खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

एनआरटी छैटौं जितको खोजीमा हुनेछ । एनआरटी २० खेलमा २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

जावलाखेल दशौँ जितको लक्ष्यमा हुनेछ । जावलाखेल २० खेलमा ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

मछिन्द्र पनि दशौँ जितको योजनामा रहेको छ । मछिन्द्र २० खेलमा ३४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ सातौं जितको योजनामा छ । एपीएफ २० खेलमा २३ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

संकटा छैटौं जितको योजनामा रहेको छ । संकटा २० खेलमा २३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका