जोडिनुहोस
  • होमपेज
  • नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ ।

राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका