जोडिनुहोस
  • होमपेज
  • नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिएकी छन् । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहका बीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार महतो र प्रमिला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।

मन्त्री र राज्यमन्त्रीको बुधवार शपथ भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका