जोडिनुहोस
  • होमपेज
  • नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ : स्वर्णिम वाग्ले

नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।

उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ साथै उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताए ।

उनले भने–‘ठुलो मात्रामा अन्नबाली पनि नष्ट भएको छ । यस्तो बेलामा कृषि र पशुबिमाको महत्त्व झल्कन्छ । यद्यपि बिमामा दिइने सरकारी अनुदान ह्वात्तै घटेको विरोधमा नेपाल विमक सङ्घले विगत ३ दिनदेखि सेवा ठप्प पारेको छ, सरकारको ध्यान जाओस ।’

यस्तै वाग्लेले वर्षा तथा विपतको पूर्व तयारी गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका