जोडिनुहोस
  • होमपेज
  • शरणार्थी प्रकरणमा आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

शरणार्थी प्रकरणमा आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’

सांसद शाहीले संस्कृतको भनाई सापटी लिँदै नेपाल विगतमा सभ्य र सफल भूमिको रूपमा रहेको बताउँदै एक छाक खानका लागि वार्षिक ६ लाख युवा विदेश जान बाध्य भइरहेको बताए ।

उनीहरुले विदेशीका अगाडि भीख माग्नुपर्ने अवस्था रहेको बताउँदै भीख माग्न लगाउने नीति बनाउने गाउँको किसान मजदुर नभएर संसदभित्र बसेकै व्यक्तिहरू रहेको उल्लेख गरे । वीर गोरखालीको देशलाई आज कायरको देशको रूपमा चिनिने बनाएको बताउँदै यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका