जोडिनुहोस
  • होमपेज
  • काभा भलिबल– नेपाल भारतसँग पराजित

काभा भलिबल– नेपाल भारतसँग पराजित

काठमाडौं । भारतले घरेलु टोली नेपाललाई हराउदै जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह ‘ए’ को विजेता बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो ।पहिलो सेट १२-२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो ।

तर, चौथो सेट २५-२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्यो।जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन् । बुधबारको अन्तिम खेलमा माल्दिभ्स र श्रीलंका खेल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका