जोडिनुहोस
  • होमपेज
  • भुटानी शरणार्थी प्रकरणः अभियोग पत्र अनुसार खाँणविरुद्धको प्रमाण सबैभन्दा कमजोर

भुटानी शरणार्थी प्रकरणः अभियोग पत्र अनुसार खाँणविरुद्धको प्रमाण सबैभन्दा कमजोर

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्धको प्रमाण सबैभन्दा कमजोर भएको अभियोग पत्रबाट देखिएको छ ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको नक्कलि भुटानी शरणार्थी सम्बन्धि अभियोगपत्रमा पूर्वगृहमन्त्री खाँणविरुद्धको प्रमाण सबैभन्दा कमजोर देखिएको हो ।

बुधबार अपरान्ह मात्र सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ ।

अभियोगपत्रमा खाँणबारे पनि केही प्रमाण नभएका हैनन् तर आरोप पुष्टि हुने तहको भने देखिएको छैन। णमाथिको आरोप पुष्टिका लागि उनको कार्यकालमा भएको निर्णय, पक्राउ परेका केही आरोपीको बयान, टेकनारायण पाण्डेले हिरासतमा हुँदा लेखेर पठाएको ‘सानु र केशवलाई इन्कारी बयान दिने वातावरण बनाउन’ दिएको सुझाव प्रमाण देखिएका छन्।

खाँणको हकमा लेनदेनको पुष्टि हुने तहको प्रमाण देखिएको छैन। उनले प्रहरी तथा सरकारी वकिलको बयानमा उनिमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन्। यद्यपी प्रहरीले प्रतिवेदनमा खाँणले तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, प्रतिवादी केशव प्रसाद दुलाल, नरेन्द्र केसी,आङटावा शेर्पा समेतलाई प्रत्यक्ष परिचालन गरेर सङ्गठित ठगी र राष्ट्रहित प्रतिकुल काम गरेको र अपराधको नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ।

खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्टमा समेत शरणार्थी सम्बन्धि कुनैपनि विवरण भेटिएको थिएन । प्रहरीले २७ वैशाखमा खाँणलाइ मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

अहिले यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका