जोडिनुहोस
  • होमपेज
  • जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र ९लाईसेन्स० प्राप्त गरेको अनौठो घटना उजागर भएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ ।

तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो।मन्जुर मियाँको २२ वर्षिय छोरा मो।सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा न गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेको चकित तुल्याउने घट्ना सार्वजनिक भएको हो ।

अपहरण तथा शरिर बन्धक मुदामा उनी २०७४ बैशाख ५ गते देखी राजविराज कारागारमा छन् । तर उनको हातमा २्र०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हेवी सवारी साधन) को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको अचम्मको घटना उजागर भएको छ ।

उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो । लाईसेन्समा उल्लेखित नागरिक्ता नं.१६ १०७९/३२२ र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो । लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ ।

सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरिर बन्धक मुदामा मो।सैयद सहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागी राजविराज कारागार चलान गरिएको थियो । त्यसपछी २०७५ साल फागुन १४ गते अदालतले मो।सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैया जरिवाना गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ ।

सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हाल सम्म कैद भुक्तानका लागी राजविराज कारागार मै छन् । उनी कारागार मै रहेको अवस्थामा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुरा आश्चर्य र अनुसन्धानको विषय रहेको कानून व्यवसायी एवं प्रदेश सभासदस्य किरण कुमारी साहको भनाई छ । सैयदले आफन्त मार्फत सो चालक अनुमती पत्रको नविकरण गर्न खोज्दा यसको रहस्योदघाटन भएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका