जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानः हेलमान्ड प्रान्तका बासिन्दा दूषित पानीका कारण स्वास्थ्य समस्यामा

अफगानिस्तानः हेलमान्ड प्रान्तका बासिन्दा दूषित पानीका कारण स्वास्थ्य समस्यामा

काबुल— अफगानिस्तानको हेलमान्ड प्रान्तको लस्करगाह सहरका धेरै बासिन्दाहरूका विभिन्न रोगबाट ग्रसित भएका छन्।

सुरक्षित पिउने पानीमा अभाव र दूषित पानीको प्रयोगको कारण उनीहरुमा स्वास्थ्य समस्या देखिएको टोलो न्यूजले समाचार लेखेको छ ।

लश्करगाहका अधिकांश भागमा इनारले पानी प्रदूषित भएको स्थानीयले बताएका छन् ।

लश्करगाहका निवासी मोहिबुल्लाहले उनलाई मृगौला रोग दूषित पानी खानाले भएको चिकित्सकले पत्ता लगाएको बताए ।

लश्करगाहमा योजनाविहीन सेप्टिक इनारको निरन्तर निर्माणले यस क्षेत्रको जलस्रोतमा नोक्सान पु-याएको भन्दै अन्य सहरवासीले आलोचना गरेका छन् ।

इनारहरूमा अस्वस्थ पानी जम्मा भएको लश्करगाहका निवासी अजिजुल्लाहले भने। वर्षौंदेखिको द्वन्द्व, गरिबी र टुक्रिएको र चन्दामा आधारित अर्थतन्त्रले आम जनतालाई तीव्र भोक र खाद्यान्न अभाव भोग्न बाध्य बनाएको छ । द्वन्द्वग्रस्त देशका जनताले दुःखी जीवन बिताइरहेका छन् । २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएदेखि, लाखौं मानिसहरूलाई भोकमरीको मारमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका