जोडिनुहोस
  • होमपेज
  • इन्टरलाई कोपा इटालियाको उपाधि

खेलकुद

इन्टरलाई कोपा इटालियाको उपाधि

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ ११, २०८०
इन्टरलाई कोपा इटालियाको उपाधि

काठमाडौं । इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।

इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका