जोडिनुहोस
  • होमपेज
  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ४ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ४ पुग्यो

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी आठ जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका