जोडिनुहोस
  • होमपेज
  • रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

रौतहट । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका ७५ वर्षीय शेख तैयबको हत्या भएको छ । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन।

इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहले भने मृतक शेख तैयवको टाउकोमा गम्भीर खत देखिएको बताए ।

उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने जानकारी दिए ।

देवाहि गोनाही १ करूनियाबाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए । तैयबको गए रातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

आज बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको साहले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका