जोडिनुहोस
  • होमपेज
  • स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले

काठमाडौं । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशिक्षण दिँदैछ ।

च्यासलस्थित पार्टी कार्यालयमा हुने अनुशिक्षण दुई दिनसम्म सञ्चालन हुने बताइउको छ । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू सहभागी हुँदैछन् ।

स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि पार्टीले अनुशिक्षण राखेको हो ।

जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका