जोडिनुहोस
  • होमपेज
  • जलहरी प्रकरणमा ओलीले भने- पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

जलहरी प्रकरणमा ओलीले भने- पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै‌ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’

उनले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

माओवादीका सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएपछि एमालेले संसदमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले संसद खुलाउन वार्ता गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका