जोडिनुहोस
  • होमपेज
  • साबिक विजेता गुजरात फाइनलमा

खेलकुद

साबिक विजेता गुजरात फाइनलमा

  • Sagarmatha TV
  • शनिबार, जेष्ठ १३, २०८०
साबिक विजेता गुजरात फाइनलमा

काठमाडौं । युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल पुगेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदान अहमदाबादमा गुजरातले ६२ रनको जित हात पार्यो ।

गुजरातले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ७१ रन मात्र बनायो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए ।

तिलक बर्माले १४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए । क्यामरन ग्रीनले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । मुम्बईका तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाउन सके ।

गुजरातका लागि मोहित शर्माले २ दशमलब २ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सामी र राशिद खानले समान २/२ तथा जोशुवा लिटिलले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे ।

१ सय २९ रन बनाएका गिल आकाश मधवालको बलमा आउट भए । पहिलो विकेटका लागि अर्का ओपनर ऋद्धिमान शाहसँग गिलले ३८ बलमा ५४ रनको साझेदारी गरे । शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए ।

दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६४ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । शुदर्शन ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदै रिटायर्ड आउट भए ।

कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा अविजित ५ रन बनाए ।

मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १/१ विकेट लिए ।

साबिक विजेता गुजरातले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो ।

गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।

ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो क्वालिफायरको विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता गुजरातबीच आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।

फाइनलमा विजेता बन्ने टोली १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका