जोडिनुहोस
  • होमपेज
  • लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएपछि ४० बढी घरधुरी त्रासमा, न्यायका लागि भौतारिदै स्थानिय

लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएपछि ४० बढी घरधुरी त्रासमा, न्यायका लागि भौतारिदै स्थानिय

काठमाडौं – लिखु–२ आयोजनाको सुरुङमार्गबाट पानी चुहिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास बस्ती जोखिममा परेको छ । स्थानियबासीका अनुसार सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घर जोखिममा परेका हुन् ।

दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि गाउँले पुरै अहिले त्रासमा छन् । स्थानियबासी राजेन्द्र खत्रीले भने, ‘सुरुङमार्गबाट पानी चुहिएपछि हाम्रो सबै बस्ती जोखिममा छ, गाउँभरि जताततै पानीको मुल देखिएको छ, कति बेला बस्ति खोलामा मिसिने हो भन्ने त्रासले सुत्न समेत पाएका छैनौं ।’

गाउँमा जताततै पानी उम्रिएपछि स्थानीयले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनु पर्ने माग लिएर आयोजनालाई दबाब दिइरहेका छन् । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका–१ को गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाका कारण स्थानीय नागरिकको भागदौड र चित्कार भएको बताए ।

यसअघि पानी रहेका मुहानमा पानीको मात्रा निकै बढेको र कहिल्यै पानी ननिस्कने ठाउँमा समेत पानी देखिएपछि गाउँलेहरू विस्थापित भएका स्थानीयको भनाई छ । स्थानीयवासीले घटनाको विषयमा स्थलगत अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन् ।

तस्विरः सुवास बस्नेतको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका