जोडिनुहोस
  • होमपेज
  • एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

काठमाडौँ । नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

मान्छे साहस, सङ्कल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए । त्यस अवसरमा उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे । बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उँचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए ।

ब्रिटिस गोर्खा सेनामा कार्य रहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका