जोडिनुहोस
  • होमपेज
  • मोदीले उद्घाटन गरे भारतको नयाँ संसद भवन, के छन् विशेषता ?

मोदीले उद्घाटन गरे भारतको नयाँ संसद भवन, के छन् विशेषता ?

भारतमा आज नयाँ संसद भवन उद्घाटन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भवनको उद्घाटन गर्दै ‘आजको दिन सम्पूर्ण देशवासीका लागि अविस्मरणीय’ रहेको बताए ।

उनले संसदको नयाँ भवनले गर्व र आशा सञ्चार गर्ने धारणा राखे । नयाँ संसद् भवनले देशको समृद्धि र सामथ्र्यलाई नयाँ गति र शक्ति दिने उनको भनाइ थियो । उद्घाटन कार्यक्रममा मोदीले नयाँ संसद भवनलाई लोकतन्त्रको मन्दिर र १४० करोड भारतीयहरुको आकांक्षाको प्रतिबिम्बको संज्ञा दिए ।

तर, कंग्रेसलगायत केही विपक्षी दलहरुले भने संसद भवनको उद्घाटन राष्ट्रपतिमार्फत नगराएको भन्दै विरोध गरेका छन् । प्रमुख विपक्षी दल कंग्रेससहित २९ राजनीतिक दलले भवन उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । कंग्रेस नेता राहुल गान्धीले नयाँ संसद भवन उद्घाटनलाई प्रधानमन्त्रीले राज्याभिषेकको रुपमा लिएको बताए ।

सेन्ट्रल विस्टा प्रोजेक्ट अन्तर्गत नयाँ संसद् भवन निर्माण गरिएको हो । यो पूरै प्रोजेक्टको लाख २० हजार करोड भारु छ । पुरानो संसद भने भारतमा अंग्रेजको शासनकालमा निर्माण गरिएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि उक्त संसद भारत सरकारलाई हस्तान्तरण गरिएको थियो । भारतको संविधान पनि यही निर्माण भएको थियो ।

पुरानो भवनमा लोकसभाका अधिकतम ५५२ जना सांसद सहभागी हुन सक्थे भने नयाँ लोकसभा भवनको सिट क्षमता ८ सय ८८ छ । पुरानो राज्यसभा भवनमा २५० जना सदस्य बस्ने सिट थियो भने नयाँ ३ सय ८४ सिट क्षमता छ ।

भारतको पुरानो संसद भवनलाई ब्रिटिश वास्तुकार सर एडविन लुटियन्स र हर्बर्ट बेकरले काउन्सिल हाउसको रुपमा डिजाइन गरेका थिए । यसलाई बनाउन ६ वर्ष ९१९२१–१९२७० लागेको थियो । त्यतिबेला यसलाई बनाउन ८३ लाख भार खर्च भएको थियो । नयाँ संसद भवन बनाउन भने ८ सय ६२ करोड भारु खर्च भएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका