जोडिनुहोस
  • होमपेज
  • १७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो  ।

आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से कारोबार बन्द हुने करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ । उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ ।

यता होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.६५ प्रतिशत, वित्त कम्पनी उपसूचक २.४२ प्रतिशत र विकास बैंक उपसूचक २.०५ प्रतिशतले गिरावट भएका छन् ।

नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ । नेप्सेमा आइतबार साढे महिना यताकै उच्च रकमको कारोबार भएको छ । २९ माघमा ३ अर्ब माथिको कारोबार भएपछि आइतबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो ।

आइतबार नेप्सेमा ४७ हजार ६७४ वटा कारोबारमा ७० लाख ५० हजार ०३९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ६३ करोड ९७ लाखको कारोकार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ८० लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८७ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४४ कम्पनीको सेयरमूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्रको सेयरमूल्य बढेर सकारात्न्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.१८ प्रतिशतले बढेको छ ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले गिरावट हुँदा न्यादी हाइड्रोपावको ५ प्रतिशत र नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका