जोडिनुहोस
  • होमपेज
  • रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा

रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीलाई सरकारले नै योजनाबद्ध रुपमा कैदमुक्त गरेको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका थिए । रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको कदम पूर्वाग्रही भएको बताएको छ । उनले भनेका छन्, ‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ र, सरकारले सचेत गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका