जोडिनुहोस
  • होमपेज
  • आईजीपी कुँवर सिंगापुर जाँदै

आईजीपी कुँवर सिंगापुर जाँदै

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।

जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् ।

इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका