जोडिनुहोस
  • होमपेज
  • बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो ।

बैठकले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ । आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका