जोडिनुहोस
  • होमपेज
  • २०८० सालमा विदेशी लगानी सम्मेलन आयोजना गरिने

२०८० सालमा विदेशी लगानी सम्मेलन आयोजना गरिने

काठमाडौं । सरकारले वैदेशीक लगानी आकर्षित गर्न विदेशी लगानी सम्मेलन आयोजना गर्ने भएको छ । विदेशी लगानी आकर्षित गर्न २०८० सालमा सम्मेलन गर्ने घोषणा अर्थमन्त्रीले बजेट भाषणका क्रममा गरेका हुन् ।

विदेशी लगानीका लागि ठूला आयोजनाको सम्भावना अध्ययन गरेर प्रस्ताव गर्ने, ठूला तथा जलाशययुक्त आयोजनामा लगानी गर्न स्थानीय मुद्रामा आधारित हरित फण्ड, ऊर्जा फण्ड जस्ता उपकरणमार्फत लगानी जुटाउने समेत सरकारको तयारी छ ।

निजी संस्थालाई विदेशी कम्पनीबाट फण्ड जम्मा गर्न सहजीकरण गर्ने, वैदेशिक पूँजीलाई उत्पादन बढाउने क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने समेत सरकारले घोषणा गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका