जोडिनुहोस

‘ए’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् । दोस्रो लेगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । मछिन्द्र दशौँ जितको खोजीमा हुनेछ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै च्यासलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।  थ्री स्टार सातौं जितको खोजीमा हुनेछ । थ्री स्टार २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

संकटा सातौं जित निकाल्न चाहन्छ । संकटा २२ खेलमा २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका